Connect with us
Kapilvast Forest

शल्यक्रिया मार्फत पहिलो पटक तिम्लिया बच्चाको जन्म, आमा र शिशुको स्वास्थ्य सामान्य

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

कपिलवस्तु- कपिलस्तु अस्पतालमा शल्यक्रियाबाट पहिलो पटक तिम्लिया बच्चा जन्मिएको छ ।

कपिलवस्तु नगरपालिका– २ लम्तीया की २५ बर्षिया सामिना खातुनबाट शल्यक्रिया मार्फत २ छोरी र एक छोरा जन्माउनु भएको हो । आईतावर दिउसो एक घन्टाको शल्यक्रियामार्फत सामिनाले बच्चा जन्माउनु भएको हो ।

दिउसो १ बजेर १४ मिनेटमा ढाई किलो ओजनको पहिलो छोरी भएको थियो ।यस्तै १ बजेर २५ मिनेटमा २ किलो एक सय ग्रामको छोरा र १ किलो ६ सय ग्रामको छोरी भएको अस्पतालको प्रसुति बार्डले जनाएको छ ।

अस्पतालकी डाक्टर पुनम लामाको अगुवाईमा आधा दर्जन स्वास्थयकर्मीको टोलीले शल्यक्रियामा गर्नु भएको थियो । टोलीमा डाक्टर संतोष झा, रमेश महतो, रबिना क्षेत्री लगायत हुनुहुन्थ्यो ।

आफनो जीवनकालमा पहिलो पटक शल्यक्रिया मार्फत तिम्लिया बच्चा जन्माउने काम काममा जुटेको डाक्टर लामाले बताउनुभयो । सामिनाले दोश्रो बेतको रुपका एकै पटक ३ बच्चा जम्माएकी हुन । उनको ३ बर्षको छोरी पनि छ । सामिना गर्भवति भएको २ महिना देखि नै अस्पतालमा निग्रानीमा रहनुभएको थियो ।

अस्पतालको इंतिहास मै पहिलो पटक तिम्लिया बच्चाको जन्माउने केस आएको थियो, यो कार्य आफैमा चुनौतीपुर्ण थियो। डाक्टर लामाले भन्नुभयो ‘ सबै टिमले गरेका कडा मिहिनेतले परिणाम पनि राम्रो आयो, अस्पताल मै नया ईतिहास रचियो ’ ।

सुत्केरी आमा र नव जाति शिशुहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ । अहिले आमा र शिशुहरुलाई जनरल बार्ड मै राखिएको छ ।

एकै पटक तिम्लिया बच्चा जन्माएकी सामिनाले सूरु देखि नै डाक्टररहरुले आफु्लाई राम्ररी सेवा दिएकाले आफुले तिम्लिया बच्चा जन्माउन सफल भएको बताउनुभयो । उहाँले बिशेष गरी डाक्टर पुनम लामाले आफनो बिशेष ख्याल गरेकोले सहजै बच्चा जन्माएको जानकारी दिनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,