Connect with us
Kapilvast Forest

तिलौरी सडकको अवस्था तत्काल सुधार गर्न मेयर सिंहको निर्देशन

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तु नगरपालिका– ६ तिलौरी सडकको अवस्था सुधार गर्न मेयर करण सिंहले निर्देशन दिनुभएको छ ।

कपिलवस्तु संघीय कार्ययोजना कार्यान्वय ईकाई भवन तथा शहरी कार्यालय रुपन्देहीको मातहातमा रहेको कपिलस्तु नगरपालिका– ६ तिलौरीमा एक हप्ता अघि कन्त्रक्रिट प्रबिधिमा निर्माण गरिएको पक्की सडक भत्किएको जन गुनासो आए पछि मेयर सिंह निमार्ण कम्पनीलाई गुणस्तरीय र मापदन्ड अनुसार बनाउन निर्देशन दिनुभएको हो ।

तिलौरी देखि जगदीपुर ताल सम्म बन्ने साढे ७ किलो मिटरको सडक निर्माण समेत गुणस्तरीय र मापदन्ड अनुसार नबनेपछि शहरी बिकासका ईन्जीनीयर ध्रुब पौडेल र सन्तोष यादवले सडक निर्माणमा तोकिएको प्रबिधमा कमजोरी पाइएकाले तत्कालै सुधार गर्नु पर्ने बताउनु भएको थियो ।

यता निर्माणकम्पनी लुम्बिनी आषिष सन्तोषी निर्माण सेवाका इ्न्जीनीयर सुजन पन्तले प्रबिधिमा कमजोरी र कमप्याक्ट राम्ररी नहुदा र धुलो राम्ररी सफा नहुदा निर्माणमा केही कमजोरी भएको र सुधार गरी निर्माण गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

साढे ७ किलो मिटर लम्बाई र ७ मिटर चौाड सडकको लागत ७५ करोड रहेको र एक बर्ष भित्र निर्माण सकिने कार्ययोजना छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,