Connect with us
Kapilvast Forest

लोक दोहेरी गायक पुस्कल शर्मा सामाजिक कार्यमा अग्रसर

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

 

झनक के सी अर्घाखाँची-
नेपाली लोक दोहेरी गायक पुस्कल शर्मा सामाजिक कामप्रति अग्रसर रुपमा लाग्नु भएको छ ।नेपाली लोक दोहोरी क्षेत्रका एक महान हस्ती तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रिय सचिव समेत रहेका उहाँ सामाजिक सेवामा अझ कृयाशिल रुपमा लाग्नु भएको हो ।उहाँले ‘दिन दुखी गरिव अशाय अमांग सहयोग’ भन्ने अभियानमा आज पहिलो सहयोग शितगङ्गा नगरपालिका वाड न। २ सितापुर झिर्‍राका ७० बर्षिय राम बहादुर बस्नेत (सुवेदार काइला)आफ्नै हातले व्हिल चेअर हस्तान्तरण गर्नु भएको छ ।

शर्माले सम्वाद गरेको गित यथार्थ चित्रणका लेखक हिरा बस्नेतको परिकल्पनालाई सम्मान गर्दै भिडियोमा देखीएको दृश्य देख्दा मनले थाम्न नसकेर उहाँ आफै बुवालाई भेटन आएको बताउनु भएको छ । बिभिन्न समस्यामा परेका आम नेपालीको लागि यो कार्यले राम्रो रुप लिने उहाँको विश्वास रहेको छ । केहि दिन अघि उहाँको आफ्नै सामाजिक संजाल फेसबुुक मार्फत यो अभियान सुरु गर्नु भएको हो ।

अरुको दुख देख्न नचाहाने यी गायकले यो अभियान थाल्नु आम नेपाली जनजनको लागी राम्रो हुने विश्वास हामिले लिएका छौं यो कार्यलाइ हामि सबैले साथ दिन जरुरत रहेको छ। नेपालि लोक दोहोरी क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाई सबैको मनमुटुमा वसेका वियोगान्त गित संगितका धरोहर लोकप्रिय गायक सर्जक एवम् कलाकार पुश्कल शर्माले सामाजिक कार्य प्रति आफु निकै अग्रसर रहने र आजको दिनबाट ‘दिन दुखी गरिब असाय अपांग’ सहयोग अभियानमा लागेको जानकारी दिनुभएको छ।

अर्घाखाँची आउदा सुपादेउरालिलाई सधै सम्झने भएकाले आएको बेला सुपा देउराली दर्शन गरेर फर्केन कर्ममा सितापुर बजारमा भगवानरुपि दर्शकलाई पुस्कल शर्माले सबैलाई हौसला स्वरुप सेफ्फि खिचेर सबैलाई मनोरन्जल दिलाउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,