Connect with us
Kapilvast Forest

लुम्बिनी गुरु योजना अन्तर्गतको सडक शुभारम्भ

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

BKC-Lumbini-Sadak

लुम्विनी- बुद्ध जन्मस्थल लुम्विनीको उत्तरी प्रवेशमार्ग पर्साचौराहा–लोहखडिया खण्डको सडकको आजदेखि शुभारम्भ भएको छ ।

लुम्बिनी गुरु योजना अन्तर्गतको पर्साचोक देखि लोहखडिया चोक सम्मको १६ सय मिटर सडकको आज लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गीरीले उद्घाटन गर्नुभयो ।

सोही अवसरमा मन्त्री गीरीले पर्साचोक र लोहखडिया चोकमा निर्माण हुन लागेका दुई आकर्षक प्रवेशद्धारको शिलन्यास पनि गर्नुभयो ।

कार्यक्रममा मन्त्री गीरीले लुम्बिनी विकास कोषको गुरुयोजना सम्पन्न गर्नको लागि संघीय सरकार सकारात्मक रहेकोले चाँडै सम्पन्न हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले लुम्बिनी क्षेत्रमा चक्रपथ निर्माण गरी व्यवस्थित गर्न सहयोग गर्ने बताउनुभयो ।

नेपाल सरकारले लुम्बिनी गुरुयोजना पुरा गर्नका लागी चासो देखाएको हुनाले बजेट अभाव नहुने कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले बताउनुभयो । जनतालाई प्राथमिकतामा राखी लुम्बिनीलाई फलफूल क्षेत्रको रुपमा विकास गरिने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,