Connect with us
Kapilvast Forest

शितगंगामा २ दिने बाख्रापालन सम्बन्धी तालिम सम्पन्न

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

अर्घाखाँची- शितगंगा नगरपालिकामा २ दिने बाख्रापालन ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएकाे छ । समापन कार्यक्रममा बाेल्दै शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्य प्रसाद अधिकारीले कृषकहरु समृद्ध बने मात्र नगरपालिकाकाे समृद्धि हुने भएकाेले पनि सबै कृषक अब बताएकी ब्यवसायिक कृषिमा लाग्न सहभागी हरुलाइ अनुराेध गर्नु भयाे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई सन्धिखर्क,अर्घाखाँचीद्धारा बाख्रापालक किसानहरुका लागि आयाेजना गरिएकाे तालिममा विभिन्न स्थानका २० जनाकाे सहभागिता रहेकाे थियाे ।

तालिममा सहभागी चन्द्रप्रकास पाैडेल नेपालमा पालन गरिने मुखयबाख्राहरु गाेठ सुधार ,दाना ब्यवस्थापन ,चरण,विमा तालिममा सहभागी चन्द्रप्रकास पाैडेलले स्थानिय तहबाट हुने सहयाेगकाे बारेमा जानकारी हुन नसकेकाे बताउनु भयाे तालिममा सहभागी भए सँगै बाख्रापालनमा अप्नाउनु पर्ने साना साना कुरा हरु सिक्ने अबसर मिलेकाे बताउनु भयाे ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई प्रमुख धनश्याम चाैधरीले नगरपालिकाले गरेकाे बजारिकण र अनुदानकाे प्रशंसा गर्दै शितगंगामा बिमा सहजकर्ता नियुक्त गरि बाख्रा बिमा सञ्चालन सुरु गर्न लागेकाे जानकारी दिनु भयाे । समापन समाराेहमा पशुसेवा शाखाका प्रमुख गणेश थापाले प्राबिधिक रुपमा सक्दाे सहयाेग गर्न कहिले पछि नपरेकाेले हरेक समयमा परेका समस्याकाे समाधानकाे लागि प्राबिधिकहरु तयार रहेकाे बताउनु भयाे ।

तालिमकाे सहजिकरण प्राबिधिक लाेकराज वलि र शाखा प्रमुख गणेश थापाले गर्नु भएकाे थियाे । समापन समाराेह धनश्याम चाैधरीकाे अध्यक्षता ,नगरप्रमुख सुर्य प्रसाद अधिकारीकाे प्रमुख अाथित्यता तथा सुवास बन्जाडेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,