Connect with us
Kapilvast Forest

राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा राणा निर्वाचित

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

bandanaa.jpg

काठमाडौं- नेपालकी बन्दना राणा दोस्रो कार्यकालका लागि महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी सँयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा निर्वाचित हुुनु भएको द्ध। सोमबार राती भएको चुनावमा उहाँ निर्वाचित हुनु भएको हो । हाल सो समितिकी उपाध्यक्ष रहेकी राणाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिनु भएको थियो ।

राणाले १८९ मत मध्ये १३७ मत प्राप्त गरेर निर्वाचित हुनु भएको हो ।। उहाँ निर्वाचित हुने ११ जना सदस्य मध्ये तेस्रो नम्बरमा रहेर निर्वाचित हुनु भएको हो । यसअघि ४ वर्ष पहिला उहाँ १०६ मत प्राप्त गर्दै छैटौं स्थानमा रहेर विजयी हुनु भएको थियो ।

११ सदस्यीय समितिका लागि २० जनाको उम्मेदवारी थियो। निर्वाचित भइसकेकी छोटो प्रतिक्रिया दिँदै राणाले दोस्रो कार्यकालमा अझै आफूले मानवअधिकारका विषयमा सजिलोसँग काम गर्न पाउने बताउनु भयो । उहाँले पहिलो कार्यकालभन्दा दोस्रो कार्यकाल अझै सफल हुने विश्वास व्यक्त गर्नु भयो । राष्ट्रसंघीय समितिको उच्च पदमा पुग्ने उहाँ पहिलो नेपाली समेत हो । अब ११ जना मध्येबाट पदाधिकारीको निर्वाचन हुनेछ।

दक्षिण एशियाबाट एकमात्र उम्मेदवार रहेकी राणाले सबै दक्षिण एशियाली मुलुकको मत प्राप्त गर्नु भएको थियो । एशियाबाट सो समितिमा ४ जना निर्वाचित भएका छन्। चीन, लेबनान र फिलिपिन्ससमेत सो समितिको सदस्यमा निर्वाचित छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,