Connect with us
Kapilvast Forest

८३ कोरोना संक्रमित भेन्टिलेटरमा, ४११ को आईसीयूमा उपचार हुँदै

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४ सय ९४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ४११ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

आइसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना रहेको छ । त्यसैगरी ५२ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।लुम्बिनी प्रदेशमा ५४ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रदेश २ मा ८ जना आईसीयू र २ जनाको भेन्टिलेटरमा उपचाररत भइरहेको मन्त्रालयले जनाएको छ।सुदुरपश्चिममा १५ आईसीयू र १ जना भेन्टिलेटरमा तथा गण्डकी प्रदेशमा ७२ आईसीयू र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ जना आईसीयूमा उपचाररत छन्।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,