Connect with us
Kapilvast Forest

आज सचिवालय बैठक डाक्ने अध्यक्ष प्रचण्डको तयारी

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

prachanda

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) सचिवालय बैठक बोलाउने तयारी गर्नुभएको छ । प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक सचिवालय बैठक राख्न आग्रह गरेपनि नमानेपछि प्रचण्डले नै मंगलबार पनि बैठक बोलाउने तयारी गर्नुभएको हो ।

यसअघि शुक्रबार पनि अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाउनु भएको थियो । तर नौ सचिवालय मध्ये ५ सचिवालय सदस्य मात्रै पार्टी कार्यालय धुम्बाराहीमा भेला भएको थियो । शुक्रबारको औपचारिक बैठकमा प्रधानमन्त्री ओलीसहित, इश्वर पोखरेल, महासचिव विष्णू पौडेल रामबहादुर थापा सहभागी रहनु भएको थिएन । अन्य पाँच सचिवालय सदस्यको बैठकले बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई २ दिनको समय दिएको थियो ।

त्यो समय आज सकिदै छ । तर प्रधानमन्त्रले कुनै पनि प्रतिकृया दिनुभएको छैन । उहाँले सचिवालय बैठक बस्न नमानेको कारण भोली पुनस् सबै सचिवालय सदस्यलाइ बोलाइने तर प्रधानमन्त्री पक्षाका सदस्य उपस्थित नभएपनि पाँच सदस्यमात्रै भएपनि बैठक राख्ने अध्यक्ष प्रचण्डको तयारी छ ।

यद्यपि  सोमवार  रातिसम्म बालुवाटारबाट औपचारिक बैठकको प्रस्ताब आउनकि भन्ने आशामा रहेको एक नेताले बताउनुभयो । नेकपामा दुई अध्यक्षबीचको असमझदारीका कारण पार्टी एकता नै संकटमा परेको नेताहरुको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,