Connect with us
Kapilvast Forest

आन्तरिक उडानमा उत्साहः अन्तरराष्ट्रिय उडान भने बढेन

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-कोभिड–१९ महामारीका कारण छ महीनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तरराष्ट्रिय उडान बढ्न सकेको छैन ।

कोभिड महामारीको बढिरहे पनि दसैं, तिहार, छठलगायत पर्वले आन्तरिक उडानमा यात्रुको संख्या सन्तोषजनक रहेको छ । गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भए पनि अहिलेसम्म उडान संख्या बढ्न सकेको छैन ।

अन्तरराष्ट्रिय उडान हुने कतिपय गन्तव्यमा सम्बन्धित मुलुकले उडान प्रतिबन्धका साथै नेपाल आउने भारतलगायत केही गन्तव्यको उडान स्थगित रहेकाले पनि अन्तरराष्ट्रिय उडान बढ्न नसकेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अहिले आन्तरिकतर्फ ७० देखि ८० प्रतिशत र अन्तरराष्ट्रिय उडानमा २० प्रतिशत मात्र उडान भइरहेको बताउनु भयो । आन्तरिक उडान उत्साहजनक नै रहेपनि अन्तरराष्ट्रिय उडान भने बढ्न नसकेको उल्लेख गर्नु भयो ।

आन्तरिक उडानका एयरलाइन्सले पनि आफ्नो उडान ‘अकुपेन्सी’ राम्रो रहेको र महत्वपूर्ण चाडपर्वले गर्दा पनि उडान उत्साहबद्र्धक रहेको बताउनु भयो । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलगायत कम्पनीको उडान अकुपेन्सी सन्तोषजनक रहेको छ ।

बुद्ध एयरले दसैंयता आफ्नो उडानमा करीब ९० प्रतिशत अकुपेन्सी रहेको र यो संख्या क्रमशः बढ्दै जाने विश्वास लिएको छ । कम्पनीले अहिले दैनिक ३ हजार ५०० यात्रु उडाउँदै आएको छ । यता यती एयरलाइन्सको पनि उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत रहेको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडान चाड पर्वले गर्दा पनि अहिले उत्साहबर्द्धक रहेको बताउनु भयो ।

हवाई उडानको भाडादर पनि सस्तो भएकाले धेरै मानिसले जहाज चढिरहेका छन् । महामारीकाबीच लामो यात्रामा संक्रमित हुने खतरा रहेकाले यात्रुको पहिलो रोजाइ जहाज हुने गरेको छ । तुलनात्मक रुपमा जोखिम कम हुने भएकाले पनि हवाई उडानको आकर्षण बढेको हो । आन्तरिक उडानका यात्रु विभिन्न गन्तव्यमा जान थालेपछि यात्रुको संख्या बढेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,