Connect with us
Kapilvast Forest

बार्सिलोनाका आन्सु फाती झण्डै चार महिना खेल्न नसक्ने

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनिस मिडफिल्डर अन्सु फाती चार महिना मैदान बाहिर रहने पक्का भएको छ । उहाँको बाँया खुट्टाको घुडाको शल्यक्रियापछि उहाँ चार महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।

१८ वर्षीय फातीले शनिबार राति रियल बेटिसमाथि ५–२ को सानदार जित निकालेको खेलमा चोट लागेको हो । उनको घुडाको मेनिस्कस इन्ज्युरी भएको थियो । उहाँको सोमबार नै शल्यक्रिया गरिएको छ । शल्यक्रियामा संलग्न डक्टर रमोन कुगाटका अनुसार फाती पुर्ण रुपमा खेलमा फर्कन चार महिना लाग्नेछ ।

बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका फातीले गत वर्षदेखि सियिनर टोलीमा स्थन बनाउनु भएको थियो । यो सिजन उहाँ टोलीका महत्वपुर्ण सदस्य रहँदै आउनु भएको थियो । यस्तै उहाँले स्पेनको राष्ट्रिय टोलीमा समेत स्थान बनाउदै गोल गर्न सफल हुनु भएको थियो ।

चार महनिा मैदान बाहिर रहने भएसँगै फातीले बार्सिलोनाको महत्वुपर्ण खेलसँगै स्पेनिस राष्ट्रिय टोलीका खेलहरु समेत गुमाउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,