Connect with us
Kapilvast Forest

नेकपाले जितेको बारपाकमा १६० युवा काँग्रेस प्रवेश, सांसद दवाडीले गराए पार्टी प्रवेश

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

गोरखा- गोरखाको बारपाक–सुलिकोट गाउँपालिका वडा नं २ मा नेकपाका १६० भन्दा बढी युवा काँग्रेस प्रवेश गरेका छन ।

काँग्रेसमा प्रवेश गरेका युवालाई प्रमुख अतिथि एवम् सोही क्षेत्रका प्रदेशसभा सदस्य, काँग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीले माला र खादा ओढाएर प्रवेश गराउनु भएको हो ।

प्रवेश  कार्यक्रममा सम्बोधन गर्दै प्रदेशसभा सदस्य दवाडीले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएको बताउनुभयो । उहाँले नवप्रवेशीलाई विकाश निर्माणका कार्यमा सहयोग गर्दै सङ्गसँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा बारपाक–सुलिकोट वडा नं २ को मान्द्रे, दुम्सी, पोखरी, स्नान, अलगाउँ, थलिडाँडालगायतका युवा काँग्रेस प्रवेश गरेका थिए ।

स्थानीय निर्वाचनमा गोरखाका ११ स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमात्र जितेको नेकपाले बारपाक–सुलिकोट गाउँपालिका जितेको थियो । गोरखा क्षेत्र नं २ मा रहेको उक्त गाउँपालिका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,