Connect with us
Kapilvast Forest

कोषका सदस्य ज्ञवालीको सक्रियतामा ५७ विगाह जमिन कोषलाई हस्तान्तरण

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

कपिलवस्तु-  लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीको सक्रियतामा शाक्यबंशको सामुहिक नरसंहार गरिएको सग्रहवा, लम्वुसागर क्षेत्रको ५७ विगाह जमिन संरक्षणको शुरुवात भएको छ । डिभिजन बन कार्यलय कपिलवस्तुले सगरहवा,लम्वुसागरको ऐतिहासिक एवम पुरातात्विक क्षेत्रमा भएको अतिक्रमण हटाउने पहल थालेको कोषका सदस्य ज्ञवालीले जानकारी दिनु भयो । पुरातात्विक क्षेत्रमा परेको कुल ५७ विगाह मध्ये केहि जमिन अतिक्रमणमा परेको सरकारी नापजाँचवाट ठहर भएको छ ।

जसकालागि केहि महिना पहिले लुम्विनी प्रदेशको उद्योग पर्यटन बन तथा वाताबरण मन्त्रालय रुपन्देही, डिभिजन वन कार्यलय कपिलवस्तु,जिल्ला मालपोत तथा नापि कार्यलय कपिलवस्तु ,लुम्विनी विकास कोष, पुरातत्व कार्यलय र कपिलवस्तु नगरपालिकाको उपस्थितीमा सो क्षेत्रको जग्गा नाप जाँच गरिएको थियो । नापजाँच हुदा अधिकांस जमिन बन क्षेत्रमा रहेपनि केहि हिस्सा ब्यक्ति बिशेषको आवादी क्षेत्रमा परेको पाइएको डिभिजन वन कार्यलय तौलिहवाका प्रमुख इश्वरी पौडेलले जानकारी दिनु भयो ।

यता उद्योग पर्यटन बन तथा वाताबरण मन्त्रालय लुम्विनीले सो जमिन लुम्विनी विकास कोषलाई हस्तान्तरण गर्न गरेको निर्णय डिभिजन बन कार्यलय कपिलवस्तु मार्फत कार्यान्वयनमा गएको छ । मन्त्रालयको १३३८ औं चलानीको पत्र अनुसार कपिलवस्तु न.पा. ६ र ९ मा पर्ने उक्त क्षेत्रको जमिनको रेखदेख र संरक्षण एवम प्रबद्र्धनको जिम्मा कोषलाई दिइएको हो । लुम्विनी विकास कोषले अतिक्रमित क्षेत्रको राज्यले तोकेको मुआब्जा दिएर खाली गराई संरक्षण गर्ने भएको छ ।

कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले कोषले अव छिटटै सो क्षेत्रमा काम थाल्ने स्पष्ट पार्नु भयो । कपिलवस्तु नगरपालिकाका ९ का वडाध्यक्ष शिव बहादुर वाग्लेले अतिक्रमित क्षेत्रका जग्गाको मुआब्जा निर्धारणको काम अघि बढाउन प्रशासन कार्यलय कपिलवस्तुलाई अनुरोध गरेको वताउनु भयो । छिटटै काम हुने उहाले वताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,