Connect with us
Kapilvast Forest

मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

accident

डोटी-मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् ।

डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी निज वृद्धालाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार गर्ने क्रममा आज मृत्यु भएको प्रहरी पोष्ट पिपल्ला बजारका प्रमुख तथा प्रहरी सहायक निरीक्षक खेमराज भट्टले जानकारी दिनुभयो ।

ठक्कर दिने मोटरसाइकल घटनास्थलमै छाडी चालक भागेकाले मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,