Connect with us
Kapilvast Forest

दाहाललाई भेटेर फर्किए शंकर पोखरेल

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार प्रयोग गर्दै सचिवालय बैठक बोलाउने तयारी गरेपछि त्यसलाई रोक्न बालुवाटारका ‘दूत’ खुमलाटार पुपुग्नु भएको छ।

सोमबार महासचिव विष्णु पौडेल ओलीको सन्देश लिएर खुमलटार पुग्नु भएको हो । उहाँले सहमति गरेर अघि बढ्न भनेका थिए। त्यसको भोलिपल्ट लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि दाहाललाई भेट्न खुमलटार पुगेर दाहाललाई भेटेर फर्किसक्नु भएको छ ।

पोखरेल र दाहालबीच मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गर्दै दाहालको सचिवालयले उहाँरूबीच के कुराकानी भयो भन्ने चाहिँ बाहिर नआएको बताएको छ।

पोखरेलले २६ भदौको स्थायी कमिटीको निर्णयानुसार पार्टीभित्र देखिएको विवाद समाधान गर्नुपर्ने बताउँदै आएका छ। ओली(दाहालबीच विवाद चर्किँदा पोखरेलले दुवैलाई मिलाउने भूमिका खेल्दै आएका छन्। सोही अनुसार उनले दाहाललाई मंगलबार भेटेको हुनसक्ने बताइएको छ।

सोमबार महासचिव पौडेलले समेत ओलीका तर्फबाट ठोस प्रस्ताव नल्याएपछि दाहालले सचिवालय बैठकको तयारी गरेको बुझिएको छ। यद्यपि, अहिलेसम्म बैठक बस्ने, नबस्ने टुंगो भने लागेको छैन। बैठक मंगलबार बस्ने भनिएको थियो।

शनिबार अध्यक्ष दाहालसहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लिखित रूपमै बैठकको माग गरेका थिए। उहाँहरूले ४८ घण्टाभित्र बैठक बोलाउन वा बैठकका लागि सहमति दिन भन्नु भएको थियो ।

पार्टीभित्रको विवाद मिलाउन ३० साउनमा महासचिव पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल रहेको कार्यदल बनेको  थियो। अहिले पनि यो कार्यदलका सदस्यहरू पार्टीभित्रको विवाद समाधानका लागि सक्रिय बन्न थालेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,