Connect with us
Kapilvast Forest

नेकपा सचिवालयका ५ सदस्यको बैठक धुम्बाराहीमा

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं –पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका ५ सदस्यको बैठक शुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपराह्न ४ बजेदेखि बैठक शुरू भएको हो । नेकपा सचिवालयका ९ मध्ये ५ जना सदस्य बैठकमा सहभागी भएका छन् ।अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा उपस्थित रहनु भएको छ ।

धुम्बाराहीमा भेला हुनुअघि प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गर्नु भएको थियो ।सचिवालयका बहुमत सदस्यको बैठक शुक्रवार पनि बसेका थियो ।

शुक्रवारको अनौपचारिक बैठकबाट उहाँहरूले सचिवालय बैठक बोलाउन ओलीसँग लिखित आग्रह गर्ने निर्णय गर्नु भएको थियो ।सचिवालयका ५ सदस्यले शनिवार ओलीसँग सचिवालय बैठक बोलाउन आग्रह गरेपनि ओली सहमत जनाउनु भएको थिएन ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको समयमा यो भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा प्रचण्डले दिउँसो ओलीसँगको भेटवार्ताबारे नेताहरूलाई ब्रिफिङ गर्ने एक नेताले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,