Connect with us
Kapilvast Forest

खेलकुद गतिविधि सञ्चालन गर्न सरकारको अनुमति

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं – दिनप्रतिदिन कोभिड संक्रमित बढ्दै गएका बेला सरकारले गत चैतदेखि बन्द रहेका खेलकुद गतिविधिहरू सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण गत चैतदेखि खेलकुद गतिविधि बन्द थियो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै बन्द भएका खेलकुद प्रशिक्षणहरु सुरु हुने भएका छन् ।

खेलकुद गतिविधिहरु संञ्चालन गर्नको लागि स्वास्थ्य प्रोटोकल भने अपनाउनु पर्ने छ । गत चैतमा सरकारले लकडाउन गर्दा खेलकुद गतिविधिहरू ठप्प भएका थिए । त्यसपघि नै सरकारले अन्य गतिविधि वा लकडाउन खोले पनि खेलकुद गतिविधि, मनोरञ्जन स्थल, विद्यालय तथा कलेज भने सञ्चालन गर्न अनुमति दिएको थिएन । यसैबीच नेपाली फुटबल टोलीले भने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारी गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पनि भदौ १ गतेबाट खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको थियो । त्यसपछि पनि कुनै खाले प्रतियोगिता हुन सकेका थिएनन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,