Connect with us
Kapilvast Forest

सचिवालय बैठक बोलाउने जिम्मा महासचिव विष्णु पौडेललाई

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

 

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार हुनु भएको छ । नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन ।

पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय बैठक रोकिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्य (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले बैठक बोलाउन आग्रहसहित लिखित पत्र नै ओलीलाई बुझाएका छन् । कात्तिक २३ मा बालुवाटार पुगेर बैठक बोलाउन माग गर्दै पत्र बुझाउनु भएको थियो।

उच्च स्रोतका अनुसार, आफू निकट नेताहरुको समेत दबाव आएपछि ओली पनि बैठक बोलाउन तयार हुनु भएको हो । ओलीले महासचिव विष्णुप्रसाद पौडेललाई बैठक बोलाउने जिम्मा दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,