Connect with us
Kapilvast Forest

रेडियो भ्वाइसको आठौँ साधारण सभा तथा छैठौँ अधिवेशन सम्पन्न,अध्यक्षमा अधिकारी

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

 

कपिलवस्तु- सामुदायिक रेडियो भ्वाइस १०२.४ मेगाहर्जको आठौं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सरद अधिकारीको अध्यक्षतामा ११ सदस्यिय  नँया कार्य समिति गठन भएको छ । जस्को उपाध्यक्षमा कमलनाथ चौधरी, सुमित्रा अधिकारी,सचिव कृष्ण कार्की,कोषाध्यक्ष जिवनारायण खनाल, सह सचिव कमला भारती, सदस्यमा कपिल खनाल,संजिव गहतराज,गीता पौडेल,बल बहादुर बि.क.र टुक प्रसाद अर्याल रहनु भएको छ ।

साधारण सभा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनि प्रदेश प्रदेश सभा सदस्य अर्जुन कुमार के सिले समाज परिर्वतनमा सञ्चार गृहहरुको निकै महत्व हुने बताउनु भयो । समाजका दुर दराजमा घटेका घटनाहरुदाई बाहिर ल्याउने काम रेडियोहरुले गरीरहेको बताउनु भयो । एक व्यतिका भवना तथा एक ठाउका घटनालाई आम जनतासामु पुर्याउने कर्यमा सञ्चार माध्यको निकै भुमिका रहने औलाउनु भयो. ।

एउटा पत्रकारले लेखेको कुरालाई सञ्चार माध्महरु जस्तो रेडियो प्रसारण गर्ने र समाजमा एक किसिमको हलचल पैदा गर्ने प्रदेश सभा सदस्य के सिले बताउनु भयो । पत्रकारीता भनेको एकदमै महत्वपुर्ण र संबेदनसिल विषय भएको हुदा समाचारको सत्यता र विश्वसनियतामा ध्यान दिन जरुरी रहेको र कुनै राजनिति आग्रह पुर्वाग्र भन्दा माथि उठेर पत्रकारीता गर्नुपर्ने प्रस्ट पार्नु भयो ।

कार्यक्रममा सामुदायीक रेडियो भ्वाईसका उपाध्यक्ष कमलनाथ चौधरीले स्वागत मन्तव्य, रेडियो भ्वाईसका अध्यक्ष टुकप्रसाद अर्यालले अध्यक्षको प्रतिवेदन तथा रेडियो भ्वाईसका सचिब अग्नि प्रसाद सापकोटाले प्रगति प्रतिवेदन र सामुदायीक रेडियो भ्वाईसका कोषाध्यक्ष सुमित्रा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सरद अधिकारीले संस्थालाई अग्रपंतिमा लैजान र स्थापित गुर्णस्तरयुक्त संचार माध्यम बनाउनको लागि आफु निरन्तर खट्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा निर्वाचन मन्डलका अध्यक्ष सरोज पौडेलले जुन सोंचका साथ रेडियो स्थापना गरिएको थियो त्यो उद्धेश्य पुरा गर्न नयां समितिले पहल गर्न शुभकामना दिनु भएको थियो ।

लुम्बिनि प्रदेश प्रदेश सभा सदस्य अर्जुन कुमार के सिको प्रमुख आतिथ्यता, तथा सामुदायीक रेडियो भ्वाईसका अध्यक्ष टुकप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न साधारण सभामा सामुदायीक रेडियो भ्वाइसका सेयर सदस्यहरु, सल्लाहाकार समितिका सदस्यहरु, लेखा समितिका सदसयहरु, सञ्चालक समितिका पदाधिकारीहरु, पत्रकार, जनप्रतिनिधि, शिवराज नगरपालिका कार्यपालिका सदस्य, लगायत विभिन्न सघं सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,