Connect with us
Kapilvast Forest

प्राचीन राजधानी तिलौराकोट सुनसान-फोटो फिचर

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

सिद्धार्थ गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार-फोटो :सनिउल्ला धोबी
  • सनिउल्ला धोबी-

सिद्धार्थ गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार सुनसान बनेको छ । कोरोना भाइरसका कारण बन्द गरिएको तिलौराकोटमा कुनै पर्यटक नआउदा सुनसान बनेको छ । पर्यटक आएपनी नेपाल सरकारले कोरोना महामारीका कारण बन्द गरेको थाहा पाएपछी फर्किने गरेका छन । पहिले दैनिक हजारौ पर्यटक आउने तिलौराकोटमा अहिले दुई चार जना सुरक्षागार्ड र सरसफाईकर्मीहरु मात्र हुदाँ सुनसान देखीएको छ ।

गौतमबुद्धको जन्म कपिलवस्तुको शाक्य परिवारमा राजा शुद्धोधन तथा रानी मायादेवीको पुत्रका रुपमा लुम्बिनीमा भएको थियो । रानी मायादेवी कपिलवस्तु तिलौराकोटबाट माइत देवदह जाने क्रममा लुम्बिनी वाटिकामा गौतमबुद्धको जन्म भएको थियो । उनको वास्तविक नाम सिद्धार्थ गौतम हो । एसियाका प्रकाशको क्रीडास्थल तिलौराकोट कपिलवस्तुको तौलिहवादेखि तीन किमी उत्तरमा पर्छ । मगध सम्राट् अशोकले इपू २४५ देखि २५१ सम्म तिलौराकोटको खोजी गरेका थिए ।

सन् १८९३ मा पाल्पाका कम्यान्डिङ जनरल खड्गसमशेरको पहलमा खोजी अगाडि बढेपछि यस क्षेत्रको खोज अनुसन्धान स्वदेश तथा विदेशसम्म निरन्तर चलिरहेको छ । त्यसैगरी गौतमबुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्ना पिता, पत्नी र छोरालाई पहिलो पटक भेटेको तथा भिक्षु बनाएको स्थलका रूपमा कुदान परिचित छ । कपिलवस्तु नगरपालिकाको तौलिहवादेखि तीन किमी दक्षिणमा रहेको कुदान क्षेत्रलाई राजा शुद्धोधनको न्यायालय भनिन्छ । प्राचीन शिवालय र दुई स्तूप रहेको कुदान क्षेत्रमा बसेर झैँझगडा निरुपण गर्ने गरेको पुरातत्वविद्ले बताउँछन् ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकास र प्रचारप्रसारका लागि सन् १९६७ मा लुम्बिनीको भ्रमण गर्नुभएका संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तले महत्वपूर्ण भूमिका निर्वाह गरेपछि लुम्बिनीको योजनाबद्ध विकास विश्वसामु फैलिनु सबैका लागि गर्वको विषयमा भइरहँदा तिलौराकोट ओझेलमा पर्नु अर्को चिन्ताको विषय हो

तिलौराकोट दरबार क्षेत्रदेखि ४०० मिटर दक्षिण पश्चिममा कपिलवस्तु संग्रहालय स्थापना गरिएको छ । प्राचीन कपिलवस्तु उत्खनन गर्दा भेटिएका बहुमूल्य वस्तु फलामका किला, सिसाका टप, सिसाका शबाला, माटाका भाँडा, इँटाका टुक्रा र फुटेका चुरा संग्रहालयमा छन् । तिलौराकोटलाई पर्यटकीयस्थलका रूपमा विकसित गर्नुमा कपिलवस्तु संग्रालयको महत्वपूर्ण भूमिका छ ।

तिलौराकोट, जुम्ल्याहा स्तूप, कपिलवस्तु संग्रहालय, डरेवा, बर्दहवा, लमतियाकोट, पटखहवा, राधाकृष्ण मन्दिर, सिकोटवा, रामजानकी मन्दिर, रिशोइयन शान्ति विहार, रामघाट राममन्दिर, तौलेश्वरनाथ मन्दिर, चन्द्रघण्टा दुर्गा मन्दिर, समयमाई मन्दिर, सागरताल, बडी मस्जिद, कपिलधाम, रामकुमार बाबा धाम, मधुवन धाम, नन्दनगर, शिवगढी, गोटिहवा, निग्लिहवा, अरौराकोट, दोहनीकोट, लुम्बुसागरलगायत सयौंँ धार्मिक पर्यटकीयस्थल कपिलवस्तु जिल्लामा छन् ।

Kapilvastu TIlaurakot

Tilaurakot Kapilvastu

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,