Connect with us
Kapilvast Forest

आफूविरुद्ध कुनै एक्सन लिए, म महाएक्सन लिन्छु:प्रधानमन्त्री ओली

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

kpoli_pm_nepal

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कुनै एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी दिएपछि सत्तारुढ नेकपाका कार्यकारी अध्यक्षसहित बहुमत सचिवालय सदस्यहरु अबको विकल्पबारे अल्यौलमा परेका छन् ।

तर उनीहरुले आफूहरुले पार्टी जोगाउन धैर्यता राखिरहेको भन्दै यसलाई कमजोरी नठान्न ओली समूहलाई चेतावनी दिनु भएको  छ। पार्टीमा गहिरिएको संकट समाधानका लागि सचिवालय बैठक डाक्न लिखित पत्र बुझाउँदा समेत ओलीले त्यसमा सहमति नदिएपछि आज कार्यकारी अध्यक्ष प्रचण्ड फेरि बालुवाटार पस्नुभएको थियो ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बैठक राखेर आफूविरुद्ध एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी दिएपछि प्रचण्ड आधाघण्टामै त्यहाँबाट फर्कनुभएको थियो ।

बैठकमा ओलीलाई प्रचण्डले कार्तिक २७ गते बैठक राख्नका लागि सहमति जनाउन र उक्त बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको थियो । तर उक्त प्रस्तावमा ओलीले सहमति नदिनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बालुवाटारमा आफूविरुद्ध एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी बुझेपछि प्रचण्ड–नेपाल समूहका बहुमत पाँच सचिवालय सदस्यहरुको धुम्बाहारीमा अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकपछि संवाददाताहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा सहमति जनाउन प्रचण्डले गरेको आग्रह अर्का अध्यक्ष ओलीले फेरि पनि अस्वीकार गरेको जानकारी दिनुभएको हो ।

त्यसो भए अब तपाईँहरुको बाटो के त भन्ने संवाददाताहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले बैठक बसेन भने के गर्ने भनेर अहिले पनि आफूहरुले सोच्न नचाहेको बताउनुभयो । तर आफूहरुले पार्टीलाई जोगाउन खेलिरहेको भूमिकालाई कमजोरी नठान्न उहाँको चेतावनी छ ।

अहिलेको परिस्थितिमा सचिवालय बैठक राखे आफ्नो राजीनामा मागिने भयका कारण प्रधानमन्त्री ओलीले त्यसमा सहमति नजनाउनुभएको बताइएको छ । तर ओली निकट नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री बैठकबाट भागेको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्नुभयो । बैठक राख्न प्रधानमन्त्री सहमत भए पनि मितिका लागि परामर्श भइरहेको उहाँले बताउनुभयो ।

पार्टीभित्र मतभेद चुलिँदै जाँदा प्रचण्ड–नेपाल समूहले बैठकको माग गरिरहेको छ भने ओली समूह जसरी भए पनि बैठक छल्ने रणनीतिमा छ । दुवै समूहले आन्तरिक रुपमा एक अर्काकाविरुद्ध घेराबन्दीको प्रयास गरिरहँदा २७ गतेको बैठक के हुने छ भन्नेबारे चासो बढेको छ । बैठक राखेर आफूविरुद्ध निर्णय गरे महाएक्सन लिने ओलीको चेतावनीका कारण पार्टी फुटको स्थितिमा पनि पुग्न सक्ने रुपमा अनुमान गर्न थालिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,