Connect with us
Kapilvast Forest

आईपीएलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई बन्यो २०२० च्याम्पीयन

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

mumbaii.jpg

एजेन्सी- इण्डियन प्रिमियर लिग (आईपीएल)को यो सीजनमा पनि मुम्बई इन्डियन्स च्याम्पीयन बनेको छ । (यूएई)को दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापीटल्सलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको छ ।

मंगलबारको फाइनल खेलमा मुम्बइले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । आइपीएल २०२० को यो सिजनसँग १३ औ सिजन पूरा भएको छ । जसमा मुम्बइले मात्रै ५ पटक उपाधि कब्जा गर्न सफल भएको छ । मंगलबारको खेलमा दिल्लीले मुम्बई १ सय ५७ रनको लक्ष्य दिएको थियो । जसलाई मुम्बाइले मुम्बईले १८ दशमलव ४ ओभरमा पूरा गरेको थियो ।

उसका लागि रोहित शर्माले ६८, क्विन्टन डी ककले २० रन बनाउनु भएको थियो । त्यस्तै इशान किशन अविजित ३३ रन बनाउन सफल हुनु भयो । उता बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिनु भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाउन सफल भएको थियो । जसका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाउनु भएको थियो । त्यस्तै बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिनु भएको थियो ।

एक पटक फाइनलमा पुगेर हारेको मुम्बाइले त्यसयता जित निकाल्दै आएको छ । उसले फाइृनल पुगेर पराजि भोग्नु परेको छैनु सन २०१० मा पहिलो पटक फाइनल पुगेर हार बेहोरेको थियो । त्यसयता उसले सन २०१३, २०१५, २०१७, २०१९ मा पनि फाइनलमा जित निकालेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,