Connect with us
Kapilvast Forest

आइपिएलमा कुन खेलाडीलाई के अवार्ड ?

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को मष्ट भ्यालुएबल अवार्ड राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चरले प्राप्त गर्नुभएको छ ।

राजस्थान रोयल्स लिग चरणबाटै बाहिरिएपनि उनले उच्च प्रर्दशन गर्नु भएको थियो । १४ खेलमा २० विकेट लिएका आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिनु भएको थियो । उहाँले कुल १ सय १३ रन बनाउनु भएको थियो। जसमा १० छक्का सामेल थियो । आइपिएल इतिहासमा पहिलो पटक लिग चरणबाटै बाहिरिने टोलीका खेलाडीले मोष्ट भ्यालुएबल अवार्ड प्राप्त गर्नु भएके हो ।

आइपिएल २०२० को पर्पल क्याप दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले पाएउनु भएको छ । रबाडाले १७ खेलमा ३० विकेट लिदै पर्पल क्याप जित्नु भएको छ । ओरेन्ज क्याप किंग्स इलेभेन पन्जाबका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले जित्नु भएको छ । राहुलले १४ खेलमा १ शतक र पाँच अर्ध शतक सहित कुल ६ सय ७० रन बनाएका थिए । राहुलले गेम चेन्जर अवार्ड पनि प्राप्त गर्नु भएको छ ।पावर प्ले अवार्ड मुम्बईका ट्रेन्ट बोल्टले जिते । सबै अवार्डको धनराषि समान १० लाख भारतीय रुपैयाँ थियो ।

रोयल च्यालेन्जर्स बेंगलोरका युवा ओपनर ब्याट्सम्यान देवदत्त पाडिक्क इमर्जिङ प्लेयर अफ द अवार्ड घोषित हुनु भएको छ । पाडिक्कलले १५ खेलमा पाँच अर्ध शतक सहित कुल ४ सय ७३ रन बनाउनु भयो ।

सर्वाधिक छक्का मुम्बईका ईशान किशनले जित्नु भएको छ । उहाँले कुल ३० छक्का प्रहार गर्नु भएको थियो ।सुपर स्ट्राइक रेट काइरन पोलार्डले जित्नु भएको छ । उहाँको जारी सिजनमा १९१।४२ स्ट्राइक रेट रह्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,