Connect with us
Kapilvast Forest

लगानी बोर्डको पहिलो बैठकमा तीन परियोजनाका लागि साढे ३८ अर्बको लगानी स्वीकृत

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं- सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तपछि बोर्डको पहिलो बैठकले ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

मंगलबार बालुवाटारमा बसेको बैठकले तीनवटा परियोजनाहरुका लागि सो लगानी स्वीकृत गरेको हो।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको धुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रूपैयाँ लगानी स्वीकृत गरेको जनाएको छ।

यस्तै लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे पनि छलफल भएको बताइएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,