Connect with us
Kapilvast Forest

तिहारको तीन दिन बैंकका सवै शाखा नखुल्ने

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

bankers_association.jpg

काठमाडौं- नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा बैंकहरुका सबै शाखाहरु बन्द हुने भएका छन् । कर्मचारीमा पनि कोरोना संक्रमण देखिदै गएपछि नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द गर्ने निर्णय गरेको हो ।

तिहारलाई ध्यानमा राख्दै संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकका सबै शाखा बन्द गर्ने जनाएको छ । बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ सेवा निरन्तर हुने संघले जनाएको छ ।

कोरोनाभाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले पनि तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ ।

सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकोले सबै बैंकहरु बन्द गर्ने संघले जनाएको छ । हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,