Connect with us
Kapilvast Forest

संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष आग्रह गर्ने काँग्रेसको तयारी

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

फाइल तस्बिर

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को अधिवेशन बोलाउन सरकारलाई दबाब दिने भएको छ । सरकार राष्ट्रियता र जनसरोकारका विषयमा जिम्मेवार नभएको भन्दै कांग्रेसले कात्तिक २७ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमार्फत विशेष अधिवेशन बोलाउन माग गर्ने जनाएको छ ।

संघीय संसद अधिवेशन अन्त्य भएको चार महिना नाघेको छ । गएको असार १८ गते एक्कासी सरकारले ‘बिजनेस’ नभएको भन्दै अधिवेशन अन्त्य गरेको थियो । देशभर कोरोना संक्रमण बढिरहेको र केही विधेयक विचाराधीन रहकै अवस्थामा सरकारले संसदको अधिवेशन अन्त्य गरेको थियो । संसद बैठक नहुँदा सरकारलाई ठिक बाटोमा हिँडाउने निकायको अभाव खड्किनुका साथै जनताको विचार प्रस्तुत हुने ठाउँको अभाव भएको भन्दै कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको हो । जनसरोकारका विषयमा सरकारलाई जिम्मेवार बनाउने र जनताप्रति जवाफदेही बनाउन संसद्को बैठकको आवश्यकता रहेको कांग्रेसको निष्कर्ष छ । कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले केन्द्रीय कार्यसमिति बैठकमा संसदको विषयले प्रवेश पाउने बताउनुभयो ।

विशेष अधिवेशन माग गर्न संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मात्र सांसदले नपुग्ने भएकोले त्यसका लागि अरु दलसँग छलफल गर्ने समेत उहाँले जानकारी दिनुभयो । अन्य पार्टीहरुसँग सहकार्य गरेर विशेष अधिवेशनको औचित्यता लिखितरुपमै प्रस्ताव लैजाने समेत उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा २ सय ७५ सदस्यमध्ये एकचौथाई अर्थात् ६९ सांसदहरूले संसद अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपति विद्यादेवीसमक्ष आग्रह गर्न सक्नेछन् । संसदमा हाल नेपाली कांग्रेसको ६० सांसद छन् । त्यस्तै, जनता समाजवादी पार्टीका ३२ सांसद छन् । कांग्रेस र जसपा मिले भने संसद बैठक बोलाउन राष्ट्रपतिलाई आग्रह गर्न सक्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,