Connect with us
Kapilvast Forest

कपिलवस्तुमा देउसी भैलो खेल्न रोक

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

kapilvastu-

कपिलवस्तु-जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तिहारको समयमा हुने देउसी भैलो खेल्न रोक लगाएको छ ।कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना अन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयकपिलवस्तुले सुचना जारी गर्दै भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ ।प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा गर्न आग्रह गर्नु भएको छ ।

आवागमन तथा जमघटले कोरोना सङ्क्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन उहाँले आग्रह गर्नु भयो ।उहाँका अनुसार घरदैलोमै पुगेर खेलिने देउसी भैलोका कारण सङ्क्रमणको जोखिम भएकाले देउसीभैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।साथै पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्नसमेत अनुरोध गरिएको छ ।

सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइने उहाँको भनाइ छ । निर्देशन अटेर गर्नेलाई स्थलगत कारवाही गरिने उहाँले बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,