Connect with us
Kapilvast Forest

चितुवाको छाला र अफिमसहित दुई युवा पक्राउ

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

pakrauu

दाङ-दाङको घोराहीबाट चितुवाको छाला र झन्डै ४ किलो अफिमसहित दुई युवालाइ पक्राउ गरेको छ ।दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौंबहिनी गाउँपालिका वडा नं.५ निवासी २७ वर्षीय धनसिंह टमाटालाइ पक्राउ गरेको हो ।

दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले गोप्य सूचनाको आधारमा मंगलबार बेलुका ८ बजेतिर उनीहरूलाई घोराही ८ बन्गाउँ क्षेत्रबाट पक्राउ गरिएको बताउनु भयो ।

पक्राउ गरेकाको साथबाट ६ फिट ११ इञ्ज लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम अफिम बरामद भएको एसपी चन्दले जानकारी दिनु भयो ।पक्राउ परेकाहरूमामाथि आवश्यक अनुसन्धान भइरहेको एसपी चन्दले बताएको छ।पक्राउ गरेकाहरूमाथि अवैध रूपमा लागुऔषध तथा वन्यजन्तुको छाला ओसारपसारसम्बन्धी मुद्दा चलाएर कारबाही अगाडि बढाउने तयारी प्रहरीले गरेको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,