Connect with us
Kapilvast Forest

जुवाको खालबाट दुई लाख नगदसहित आठ जना पक्राउ

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

बर्दघाट–सुस्तापूर्व मा जुवाको खालबाट करिब दुई लाख नगदसहित प्रहरीले आठ जनालाइ पक्राउ गरेको छ ।प्रहरीले कावासोती नगरपालिका–१५ गोडारमा रहेको मीनराज महतोको घरमा छापा मारेर एक लाख ८६ हजार नौ सय पाँच रुपियाँ सहित आठ जना जुवाडेलाई पक्राउ गरिएको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा बुधबार विहान १ः३० बजेत मीनराजको घरमा छापा मारेको नवलपुर प्रहरीका सूचना अधिकारी विशाल तामाङले जानकारी दिनु भयो ।

जुवा खालबाट देवचुली–११ का ३६ वर्षीय लीलबहादुर राना, कावासोती–१५ का २७ वर्षीय युवराज महतो, ४२ वर्षीय मीनबहादुर थारू, २६ वर्षीय रुमेश महतो, कावासोती–१७ का ३३ वर्षीय मधु मगर, ३३ वर्षीय डिल्लीराज भण्डारी, कावासोती–८ का ३५ वर्षीय जितेन्द्र शाह र बुलिङटार–४ का ३० वर्षीय छालबहादुर मुम्मीलाइ पक्राउ गरेको हो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,