Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीद्वारा अरुण तेस्रो अनुगमन

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

संखुवासभा-प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नु भएको छ ।

आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो मार्फत संयुक्तरुपमा उद्घाटन गरे पछि आज प्रधानमन्त्रीले आयोजनाको अवलोकन गर्नु भएको हो ।

भारतको सतलज कम्पनीले निर्माण शुरु गरेको पुर्वकै ठुलो जलविद्युत आयोजना हो । आयोजनाका प्रमुखले प्रधानमन्त्रीलाई हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गर्नु भएको थियो । प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नं १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहनु भएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,