Connect with us
Kapilvast Forest

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

corona

काठमाडौं-नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको बताउनु भयो ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२६१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ गरी जम्मा १२६१  जना संक्रमित थपिएका छन् ।

प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ।निको हुनेको प्रतिशत ८१.२ रहेको उहाँले जानकारी दिनु भयो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,