Connect with us
Kapilvast Forest

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु-साइकलमार्फत आन्तरिक पर्यटन प्रवद्र्धनका क्रममा पश्चिमबाट चन्द्रौटा आइपुगेका विश्व साइकलयात्री पुस्कर शाहको टोलीलाई चन्द्रौटामा भव्य स्वागत गरिएको छ । पश्चिम महाकालीबाट यात्रा शुरु गरी विभिन्न स्थानको भ्रमण गर्दै बुधबार चन्द्रौटा आइपुगेका साइकलयात्रीलाई व्यापार संघ कपिलवस्तुले स्वागत गरेको हो ।

चन्द्रौटास्थित शिवराज रेष्टुरेन्टमा एक कार्यक्रमका बीच व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल नेतृत्वमा संघका पदाधिकारीहरुले साइकलयात्री टोलीलाई स्वागत गरेका थिए । साइकलयात्रीलाई स्वागत गर्दै व्यापार संघका जिल्ला अध्यक्ष महादेव पोखरेलले गौतमबुद्धको शान्तिभूमिमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्नु भयो । आन्तरिक पर्यटन प्रवद्र्धनले भरिपूर्ण पर्यटकीय स्थलहरुको उचित प्रचारप्रसार हुन नसकेको गुनासो गर्नु भयो ।

पर्यटन प्रवद्र्धनका हिसाबले कपिलवस्तु देशकै गहना हो, विदेशमा कपिलवस्तुको प्रशस्त चर्चा परिचर्चा भएपनि आन्तरिक पर्यटकले नै वेवास्ता गर्दा जिल्लाका पर्यटकीय स्थलहरुको उचित प्रचारप्रसारमा कमी आएको औल्याए ।

“हामी विदेशका विभिन्न स्थानमा भ्रमण जान्छौं तर आफ्नै देशमा प्रशस्त रमणीय पर्यटकीय स्थल छन् तर वास्ता गर्दैनौं” – अध्यक्ष पोखरेलले भन्नु भयो । साइकलयात्रीहरुलाई गौतमबुद्धको राजप्रासादको भ्रमण गरी प्रचारप्रसारलाई तिब्रता दिन पोखरेलले आग्रह गर्नु भयो। साथै २४ दिने आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका साइकलयात्रीहरुलाई सफल यात्राको शुभकामना दिनु भएको  थियो ।

साइकलयात्राको नेतृत्व गरेका विश्व साइकलयात्री पुष्कर शाह पश्चिम नेपालको महेन्द्रनगरदेखि पूर्वी नेपालको पशुपतिनगरसम्म साईकल यात्रामा निस्किएको जानकारी दिनु भयो । पश्चिमको महेन्द्रनगरबाट शुरु भएको साइकलयात्रा ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्वारी हुँदै बुधबार चन्द्रौटा आइपुगेको बताउनु भयो ।

उनले बुधबार नै तिलौराकोट हुँदै लुम्बिनीको भ्रमण गर्ने योजना रहेको बताउनु भयो । त्यसपछि तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काकडभित्तासम्म पुगी यात्राको समापन गरिने पर्यटन व्यवसायीहरुको नेतृत्व गरेका पुस्कर शाहले जनाउनु भयो  । आन्तरिक पर्यटन प्रवद्र्धनको लागि नेपाल पर्यटन वोर्डको सन्देश प्रवाह गर्ने उद्देश्यले साइकल यात्रा गरिरहेको उहाँको भनाइ छ ।

कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्धेश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र बोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न साइकल यात्राले मद्धत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताउनु भयो ।
टोलीमा शंकर अधिकारी, सुवास केसी, मुक्ति पान्डे, राजेन्द्र सापकोटा, सीएन पान्डे लगायत १५ जना पर्यटन व्यवसायी सहभागीहरुको सहभागिता रहेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,