Connect with us
Kapilvast Forest

टेलिकमले दियो तिहार, छठ तथा नेपाल संवतसम्म एसएमएस प्याकमा भारी छुट

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

काठमाडाैं- नेपाल टेलिकमले तिहार, छठ तथा नेपाल संवतका अवसरमा नयाँ एसएमएस प्याक सञ्चालन गरिरहेकाे छ ।

यसअन्तर्गत आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश पठाउन सहज होस् भनेर टेलिकमले एसएमएस पठाउँदा सामान्य अवस्थाकाे शुल्ककाे तुलनामा भारी छुट दिएकाे छ ।

सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ । टेलिकमले अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध गराएकाे छ ।

यसअन्तर्गत रू. ५ मा २० वटा एसएमएस, रु. १५ मा ७० वटा एसएमएस र रु. ६० मा ३०० वटा एसएमएस पठाउन सकिनेछ । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ ।

२० वटा एसएमएसका लागि SMS20, ७० वटा एसएमएसका लागि SMS70 र ३०० वटा एसएमएसका लागि SMS300 लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ । यसैगरी *१४१५*१*४# डायल गरेर वा नेपाल टेलिकमकाे एपबाट पनि एसएमएस सेवा खरिद गर्न सकिन्छ ।

त्यस्तै टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिँदा एसएमएस, भ्वाइस र डेटा प्याकहरु समेत प्रयोग गर्न सकिन्छ ।

पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ ।

यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ । पोस्टपेड प्याक खरिद सम्बन्धी विस्तृत जानकारी लिनका लागि आफ्नो मोबाइलमार्फत *१४१५*२# डायल गर्न सकिन्छ ।

त्यस्तै कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ ।

सीयूजी प्याक अन्तर्गत रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डेटा समेत चलाउन सकिन्छ ।

सो प्याक अन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र पठाउन सकिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,