Connect with us
Kapilvast Forest

यशोधराका ३२ अगुवा कृषकलाई गहुको बीउ

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु – गहु् खेतीको बिस्तारकालागि यशोधरा गाउपालिकाले पालिकाका ८ वडामा रहेका ३२ अगुवा कृषकलाई उन्नत जातको गहुका बीउ सहीतका सामाग्री प्रदान गरेको छ ।

पालिको बैदौली स्थित कार्यालयमा गाउपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले उनीहरुलाई बीउ हस्तान्तरण गरेका हुन । ३२ जना आगुवा कृषकहरुलाइ ४०÷४० केजी गँहूको बीउ, जैविक मल ११५ ÷ ११५ केजी, किटनाशक विषादी २÷ २ बोतल, जिन्क २÷ २ केजी र सूचना बोर्ड १ ÷ १ थान प्रदान गरिएको थियो । प्राविधिक सहयोग सहित नमुना गँहू खेती प्रदर्शन उद्देश्यले अगुवा कृषकलाई उन्नत जातको गहुको बीउ उपलब्ध गराईएको पालिका प्रमुख पाण्डेयले बताए ।

‘ हामीले गहु खेतीको बिस्तारकालागि यो कार्यक्रम गरेका हौ ’ उनले भने । सो अवसरमा गहु बालीको प्रर्दशन कार्यक्रम समेत गरिएको थियो । यशोधरा गाउँपालिकाका प्रमुख पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष् कन्यावती उपाध्याय, पशुविकास अधिकृत अब्दुल सलाम, कृषि विकास अधिकृत निरन्जन कुमार तिवारी, प्रशासन शाखा प्रमुख श्री रेशम राज शर्मा र सुचना प्रविधि अधिकृत श्री अनिल कुमार ओझाको सहभागीता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,