Connect with us
Kapilvast Forest

काेराेना नियन्त्रणमा चार महिनामा ७ अर्ब खर्च

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि गएको चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ ।

कुल खर्चमध्ये हाई डिपेन्डेन्सी युनिटका लागि तीन अर्ब २५ करोड, प्रयोगशाला व्यवस्थापन तथा परीक्षणका लागि एक अर्ब १२ करोड ४० लाख रुपैयाँ र सङ्क्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, उपचार तथा जोखिम भत्ताका लागि एक अर्ब १४ करोड २९ लाख छ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै आईसीयू तथा भेन्टिलेटर व्यवस्थापन र अस्पताल सुदृढीकरणमा एक अर्ब २९ करोड ९० लाख खर्च भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै सरकारले सरकारी प्रयाेगशालामा कोरोना परीक्षण तथा सरकारी अस्पतालमा कोरोना उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । तर सङ्क्रमण भएका व्यक्तिले कुनै किसिमको बीमा गरेको भएमा परीक्षण तथा उपचारको सबै खर्च बीमा रकमबाट व्यहाेर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

देशभर बुधबार २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६२ हजार २ सय ४३ जना निको भएका छन् । देशभर ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,