Connect with us
Kapilvast Forest

विद्युत् प्राधिकरणको कामु कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

hitendradev-shakya-hitendra-deb-hitendradeb_1B2mCVaPUa.jpg

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ ।प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको सदस्य चेतराज जोशीले  जानकारी दिनुभयो ।

विद्युत् प्राधिकरण अन्तर्गतकै इन्जिनियरिङ कम्पनीमा प्रबन्ध निर्देशक रहनुभएका शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको थियो ।

शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने उद्देश्यले प्राधिकरणमा तानिएको मन्त्रालय स्रोतले जनाएको छ । मङ्गलबार कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि अब प्राधिकरणको कार्यकारी निर्देशक शाक्य बन्ने पक्का जस्तै भएको छ ।गएको भदौ २९ गते कुलमान घिसिङ बाहिरिएसँगै प्राधिकरण कार्यकारी निर्देशकविहीन भएको थियो

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,