Connect with us
Kapilvast Forest

कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिंदा ३ को मृत्यु, १ जना घाइते

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

accident

काठमाडौँ — बिहीबार बिहान क‌लंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु भएको छ भने १ जना घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन । दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले बताउनु भयो ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिए पनि तीन जनालाई चिकित्सकले मृत्त घोषणा गरेको डीएसपी बोहराले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,