Connect with us
Kapilvast Forest

इटलीको स्टोनियाविरुद्ध ४–० को फराकिलो जित

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रस्पूर्ण खेलमा इटलीले स्टोनियासँग फराकिलो जित निकालेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इटलीले स्टोनियाविरुद्ध ४–० को फराकिलो जित निकालेको हो ।

इटलीको जितका लागि भिन्सेनजो ग्रिफोले दुई गोल गर्नु भयो । त्यस्तै फेडेरिको बेर्नार्डेची र रिकार्डो ओर्सोलिनीले एक एक गोल गर्नु भएको थियो । इटलीले पहिलो हाफमा २–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको १४ औं मिनेटमा ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनु भएको थियो । त्यस्तै २७ औं मिनेटमा फेडेरिकोले गोल गर्दै पहिलो हाफमा इटलीको अग्रता दोब्बर पारेका हुन् ।

दोस्रो हाफमा भने दुबै गोल पेनाल्टीमा भएका थिए । ७५ औं मिनेटमा ग्रिफोले पेनाल्टीमा गोल गर्दै इटपललाई ३–० को अग्रता दिलाएका हुन् । खेल सकिन चार मिनेट बाँकी रहँदा ओर्सोलिनीले गोल गर्नु भयो । उहाँले पनि पेनाल्टीमा गोल गर्दै इटलीलाई स्टोनियामाथि ४–० को फराकिलो जित दिलाउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,