Connect with us
Kapilvast Forest

नेकपा सचिवालय बैठक अनिश्चित

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

nekpaa-meet-peris-dada.jpg
प्रतिनिधिमुलक तस्विर

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सचिवालय बैठक बोलाउने विषय अनिश्चित बनेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आज बैठक बोलाउन आग्रह गरेपछि सहमति नजुट्दा बैठक अनिश्चित बनेको हो ।

मंगलबार बसेको ५ जना सचिवालयका सदस्यहरुको अनौपचारिक बैठकले आजका लागि बैठक बोलाउन ओलीलाई आग्रह गर्नु भएको थियो । हिजो ओलीको उपत्यका बाहिर जाने कार्यक्रम भएकाले आज बैठक बोलाउन अनुरोध गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो । यद्यपी ओलीले भने बैठक बस्ने विषयमा सहमति जनाइसकेका छैनन् ।

बैठक बस्ने÷नबस्ने विषयमा ओली र प्रचण्ड—नेपाल समूहबीच जुहारी चल्दै गर्दा अब यो प्रतिष्ठाको विषय पनि बनेको छ । ओलीले पटक पटक आफ्नो राजीनामा माग गरिएको विषयमा सार्वजनिक रुपमा भन्दै आउनु भएको छ । भने प्रचण्ड नेपाल समूहले स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वनयनको माग गरिरहनु भएको छ । हिजो मात्रै पनि किमाथाङ्का पुगेर ओलीले आफ्नो राजीनामा माग्नु व्यर्थ भएको र कसैले माग्दैमा राजीनामा नदिने अभिव्यक्ति दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले बैठक बोलाउनुको साटो शृंखलाबद्ध र अर्थपूर्ण अभिव्यक्ति दिइरहेका छन् । साथै उहाँले पार्टीभित्र नयाँ समीकरण गर्ने प्रयास पनि जारी राख्नु भएको छ । यता प्रचण्ड–नेपाल समूह बहुमतसहित र औपचारिक बैठकमा अगाडि बढ्ने गृहकार्यसहित ओलीमाथि दबाब बनाउने काममा जुट्नु भएको छ

यसैबीच आज बैठक बोलाउन प्रचण्डले गरेको आग्रह ओलीले अस्वीकार गरे उहाँ बैठकमा सहभागी नभए पनि औपचारिक बैठक बोलाउने तयारी प्रचण्ड नेपाल समूहले गरेको छ ।

प्रधानमन्त्री ओली सहमतिका लागि तयार नभएको भन्दै सचिवालय बैठकबाट स्थायी कमिटी र त्यसपछि क्रमशः केन्द्रीय कमिटी बैठक बोलाएर अघि बढ्ने उहाँहरूको रणनीति छ ।

तर, प्रधानमन्त्री ओलीले बहुमतको औपचारिक बैठक बसे कडा ‘स्टेप’ चाल्न सक्ने चेतावनी दिँदै आएकाले बैठक राखे पनि कुन–कुन एजेन्डामा कस्तो निर्णय गर्ने भन्ने विषयमा भने प्रचण्ड–नेपाल समूह अन्योलमा छ ।

प्रधानमन्त्री ओलीले एक–दुई दिनकै बीचमा महासचिव विष्णु पौडेललाई औपचारिक बैठक बोलाउन निर्देशन दिइसकेकाले पनि बेग्लै बैठकबाट अगाडि बढ्ने या सहमतिकै बैठकमा रणनीतिसहित प्रस्तुत हुने उनीहरूबीच अन्योल देखिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,