Connect with us
Kapilvast Forest

बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीद्वारा सचिवालय बैठक आवहान

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौँ-सत्तारूढ नेकपाका बहुमत सचिवालय सदस्यको दबाबपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि सचिवालय बैठक बोलाउनु भएको छ ।नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको दबाबपछि ओलीले शुक्रबार अपराह्न ४ बजे बैठक आवहान गर्नु भएको हो ।

महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्षको सहमतिमा शुक्रबार अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।पार्टीभित्र विवाद चर्किएपछि सबै समस्या सामूहिक छलफलबाट टुंग्याउने भन्दै दाहालले ओलीलाई बैठकको प्रस्ताव गर्दै आउनु भएको थियो । तर, सहमतिपछि मात्रै बैठक राख्ने नत्र पार्टी नै फुटाउनेसम्मको चेतावनी ओलीले दिएपछि बहुमत सचिवालय सदस्यले बैठकको माग गर्नु भएको थियो ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल(नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल(नेपाल पक्षको आरोप छ ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल(नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,