Connect with us
Kapilvast Forest

सुदूरपश्चिममा देउसी-भैलो खेल्न रोक

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

deusi-bhoilo.jpg
प्रतिनिधिमुलक तस्विर

कैलाली – कोरोना संक्रमण भयावह अवस्थामा फैलिने खतरा बढेको भन्दै सुदूरपश्चिम प्रदेशमा देउसी-भैलो खेल्न रोक लगाइएको छ ।प्रदेशमा रहेको ९ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले तिहारमा खेलिने देउसी-भैलोमा रोक लगाएका हुन् ।

‘सम्बन्धी जिल्ला प्रहरी कार्यालयहरूले यसको नियमन गर्नेछन् । हामीले सबै जिल्लामा देउसी(भैलो खेल्न नदिन निर्देशन जारी गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनु भयो साथै ‘निर्देशन पालना नगर्नेलाई कारबाही गर्ने बताउनु भयो ।’

पहाडी जिल्लाहरूमा हुने मेला, जात पनि नगर्न प्रहरी निर्देशन दिएको छ । ‘प्रहरीको विशेष सुरक्षा रणनीति अनुसार देउसी(भैलो मात्रै होइन, भिडभाड हुने कुनै पनि गतिविधि नगर्न भनिएको उहाँले बताउनु भयो ।

कैलालीमा बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सुरक्षा सतर्कता अपनाउन देउसी(भैलोमा खेल्न लगाइएको जानकारी दिनु भयो ।‘देश भरी संक्रमण फैलिरहेको छ यस्तो अवस्थामा भिडभाड गर्दा अवस्था जटिल हुन सक्छ भनेर देउसी(भैलो खेल्न रोक लगाउने निर्णय गरिएको होउहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,