Connect with us
Kapilvast Forest

बंगलादेश पुगेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं -दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण भएको छ । पछिल्लो पटक ढाकामा बुधबार गरिएको पीसीआर परीक्षणमा एक फुटबलरलाई कोरोना पोजेटिभ देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।बाँकी खेलाडीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । एन्फा स्रोतका अनुसार कोरोना पोजेटिभ देखिएका खेलाडी छुट्टै बसेको जनाएको छ ।

नेपालले बंगलादेशसंग यही नोभेम्बर १३ र १७ मा मैत्रीपूर्ण खेल खेल्दैछ । कोरोना मैत्रीपूर्ण खेलका लागि २५ खेलाडी बंगलादेश गएका छन् । अब कोरोना पोजेटिभ देखिएको खेलाडीले भने मैत्रीपूर्ण खेल गुमाउनेछन् । पहिलो मैत्रीपूर्ण खेलको एक दिनअघि मात्रै उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि ढाका पुग्नेबित्तिकै पहिलो पटक गरिएको परीक्षणमा २५ खेलाडीसहित ११ अफिसियलको नेगेटिभ रिपोर्ट आएको थियो ।यसपटक नेपाली टिममा ८ नयाँ खेलाडी छन् । नेपालमा प्रशिक्षणका क्रममा ७ खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरु बंगलादेश जान पाएनन् । यस्तै रोहित चन्द प्रशिक्षणमा घाइते भएकोले बंगलादेश जान पाउनु भएन ।

केही सिनियर खेलाडीहरु टिममा नहुँदा यस पटक नेपाली टिमको कम्बिनेसन कस्तो हुन्छ भन्ने चासो रहेको छ ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीचको पहिलो खेल शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,