Connect with us
Kapilvast Forest

बाँकेमा माेटरसाइकल दुर्घटनामा दाजुभाइकाे ज्यान गयाे

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

accident
प्रतिनिधिमुलक तस्विर

बाँके – बाँकेकाे राप्ती साेनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइकाे ज्यान गएकाे छ । दुर्घटनामा बर्दियाकाे ठाकुरबाबा नगरपालिका ३ काे नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय सौरभ थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको मुगुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेकाे ना ५५ प ९७५६ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका दाजुभाइलाई उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा ज्यान गएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu