श्रीमतीको हत्या गर्ने पक्राउ

बाँके-आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका ८ बर्गदी बस्ने ५२ वर्षीय चक्र बहादुर लुहारलाई प्रहरीले पक्राउ गरेको छ ।
चक्र बहादुरले रतीलाई घरायसी विवादका कारण फलामको कुटोले टाउकोमा प्रहार हत्या गरे पछि प्रहरीले उनलाई पक्राउ गरेको जनायो ।
कुटो प्रहारबाट गम्भीर घाईते भएकी रतीको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

