Connect with us
Kapilvast Forest

स्वास्थ्य कार्यालय भवन उद्घाटन

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

हुम्ला-कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जिल्लाको स्वास्थ्य सेवा कार्यालय भवन उद्घाटन गर्नुभएको छ ।सो अवसरमा उहाँले कार्यालयका कर्मचारीलाई छिटोछरितो तवरले जनताका काम गर्न निर्देशन दिनुभयो ।

प्रमुख कलौनियाले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण जनस्वास्थ्य खराब भएको भन्दै स्वास्थ्य संस्थाबाट सजिलो रूपमा औषधि उपचार हुनुपर्ने बताउनुभयो ।

उहाँले कर्मचारीहरु जनतामा त्रास सिर्जना नहुनेगरी सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले विकास निर्माणका पूर्वाधार योजनामा प्रदेश सरकारले करोडौँ लगानी गरेको भन्दै जिम्मेवार निकायले ती योजनाहरू छिटोछरितो तवरले समयमै सक्नुपर्नेमा बताउनुभयो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले उक्त स्वास्थ्य भवनको खर्च रु दुई करोड ९७ लाख ९१ हजार ७ सय बराबरको भवन निर्माण भएको जानकारी गराउनुभयो ।

हुम्ला उद्योग वाणिज्य सङ्घले तिहारका अवसरमा पसल व्यवसायीलाई उपभोग्य सामानमा १० प्रतिशत छुट गर्नका लागि अनुरोध गरिएको हुम्ला उद्योग सङ्घका अध्यक्ष नामग्याल तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार धेरै वर्षदेखि दशैं र तिहारमा ढुवानी महङ्गो भए पनि महान चाडका लागि भनी छुट गर्न बैठकबाट सबै व्यवसायीलाई अपिल गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,