Connect with us
Kapilvast Forest

कृषकले १० दिन पछि धानको समर्थन मुल्य पाउछनः कृषि मन्त्री पौडेल

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु– लुम्बिनी प्रदेशकी भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अबको १० दिन पछि कृषकले सरकारले तोके अनुसार धानको समर्थन मुल्य पाउने दाबी गर्नु भएको छ । ।

कपिलस्तुको तौलिहवा स्थित भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले मंसिर ७ गते देखि खाद्यय ब्यापार केन्द्र मार्फत धान खरिद गर्न लागेकोले १० दिन अझै धान नबेच्न उनले आग्रह गरिन । सरकारले बाली लगाउने बेला मै मोेटो धानको प्रति क्युन्टल २७ सय ३५ र मसिनोको २८ सय ८५ रुपैया तोकेको छ ।

तर बजारमा अहिले मोटा धानको १८ सय र मसिनोको २ हजार भन्दा कम मूल्यमा धान बेच्न बाध्य रहेको कृषकहरुले गुनासो गरेका छन । मन्त्री पौडेलले प्रदेशमा ४० वटा सहकारीले समर्थन मुल्य अनुसार धान किनेको दाबी गरिन ।

सहकारीले कृषकहरुसंग समर्थन मुल्य अनुसार धान किनेमा सरकारले पूति क्युन्टल १ सय १२ रुपैया अनुदान समेत दिने उनले बताईन । ‘ धानको समर्थन मुल्य अहिले कृषकहरुले नपाएको गुनासो छ , मंसि ७ पछि उनीहरुले धानको समथृन मुल्य पाउछन ’ उनले भनिन । कृषकले धानको समथृन मुल्य जसरी पनि पाउनु पर्ने उनले बताईन । गहु खेतीकोलागि हतारिएका कृषकहरु अहिले उत्पादन गरेका धान प्रति क्युन्टल १८ सयको दरले बेच्न बाध्य छन ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,