Connect with us
Kapilvast Forest

कपिलवस्तुको बिजयनगरमा भैसी श्रोत केन्द्र संचालन गरिने

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको बिजयनगर गाउपालिकामा लुम्बिनी प्रदेश सरकारको सहयोगमा भैसीको श्रोत केन्द्र संचालनको तयारी गरिएको छ । त्यसकालागि गाउपालिकाले सय बिघा क्षेत्रफल समेत छुट्टाएको मन्त्री पौडेलले बताईन । यस्तै कपिलस्तुलाई आप लिची लगायतको फलफुलको हवका रुपमा बिकास गरिने उनले बताईन ।

यस्तै कृषकहरुकालागि रोड कोरिडोर, आलु प्याज, लशुन, बाख्रा मिशन कार्यक्रम समेत संचालन गरिनेछन । भुमीहीन हलीया कमैया कषकहरुलाई लक्षित गरी प्रदेश सरकारले १ सय ९ वटा पालिकामा करार खेती संचालन गरिने मन्त्री पौडेलले बताईन । बास्ताविक कृषकलाई सहुलियत दरमा कर्जा दिईने उनले बताईन । उत्पादनलार्इै प्रोत्साहन नर्ग खसी बोकामा प्रति किलो २५ दिईनछ । यस्तै युवाहरुलाई लक्षित गरी कमाउदै पढदै कार्यक्रम समेत संचालन हुनेछ ।

कृषि वनलाई उपभोग गर्न फर्निचर घास लगायतमा सामुदायिक वनका बिपन्न कृषकलाई समेत अनुदान दिईनछ । मन्त्री पौडेलले सिमा लक्षित कार्यक्रममा समेत प्रदेश सरकारले प्राथमिकतामा राखेको बताईन यस्तै कृषिको सहजीकरणकालागि प्रदेशमा रहेका ९ सय ८३ वटै पालिकामा हरित स्वयमसेवक समेत नियुक्त गरिएको छ ।

कृषि तालिमलाई समेत ब्यवीस्थत गरिएको उनले बताईन । मन्त्री पौडेलले कपिलवस्तुमा माहुरीपालनका बिषयमा कृाष्कहरुसंग छलफल समेत गरेकी थिईन । प्रदेश कृषीमन्त्री पौडेलले बाणगंगाको भलवाडमा सञ्चालित स्मार्ट कृषी कार्यक्रम, तौलिहवाका माहुरी पालक किसानको माहुरी चरणका कार्यक्रम, कृषी ज्ञान केन्द्र तौलिहवामा कृषी प्राबिधीक सँग छलफल, सञ्चारकर्मी अन्तरक्रिया गरे सगै माहाराजगंज र बाणगंगामा सञ्चालित पशु र कृषी कार्यक्रमको स्थलगत अवलोकन गरेकी थिईन ।
प्रदेश सदस्य अर्जुन केसीले प्रदेस सरकारले कृषिको विकासकालागि धेरै कार्यक्रम ल्याएकोले कृषि संबन्धी कार्यक्रम वास्तविक कृषकले पाउन्ु पर्नेमा जोड दिए । भेटनरी अस्पतालक प्रमख दिपक भुसालले कपिलवस्तुमा कृषि र पशु तर्फ यस बर्ष बिभिन्न कार्यक्रम रहेकोले यसको सही सदुपायोगकालागि सबैको पहल आवश्यक रहेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,