Connect with us
Kapilvast Forest

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशन सन्दर्भ र सरकारका विरुद्धको आगामी रणनीतिका विषयमा छलफल हुने काँग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिनु भयो ।

यस्तै तत्कालीन राप्रपा नेता सुनिल थापा समूहको व्यवस्थापन र सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानुपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय लिने महतले बताउनु भयो । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएको मुद्दाका विषयमा सहमतिको खाका तयार नभएकाले बैठक सहज रुपमा सञ्चलन हुनेमा आशंका देखिन्छ ।

१४औँ महाधिवेशन, केन्द्रीय विभाग गठन–मनोनयन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था अधिवेशन, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड र विदेशस्थित जनसम्पर्क समितिका पौडेल पक्षको फरक मत छ ।

यी विषयमा २३ असोजमा शीर्ष नेताहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिन महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्कासहितका नेताबीच छलफल असफल बन्यो ।

महामन्त्रीद्वय कोइराला र खड्कासहित नेता अर्जुननरसिंह केसी, प्रकाशशरण महत, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रमेश लेखक र आन्नद ढुंगानाबीच मंगलबार, बुधबार र विहीबार छलफल भएपनि सहमति तय हुन सकेन । सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच महाधिवेशनको तिथि मितिमा मुख्य मतभेद देखिएको छ । आगामी फागुन ७–१० को निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित छ ।

त्यसका लागि स्थानीय तहका अधिवेशन पुस ६ बाट माघ ६ गतेसम्म सक्ने भनिएको छ । तर कोरोना महाव्याधिका कारण पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणकै काम प्रभावित हुँदा महधिवेशन तालिका पनि प्रभावित भएको छ । फागुनमा महाधिवेशन गर्न नसकिनेमा नेताहरु पुगेको पाइन्छ ।

सभापति देउवा पक्ष भने जेठमा महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेर जानुपर्ने पक्षमा छ । देउवा पक्षको प्रस्तावमा नेता कृष्णप्रसाद सिटौला पक्ष पनि सहत देखिन्छ ।

अहिले नै केन्द्रीय महाधिवेशन हुन नसक्ने भनेर जान नहुने पौडेल पक्षको अडानले बैठकको ठोस एजेण्डा तय हुन सकेको छैन । मंसिरभित्र क्रियाशील सदस्यता टुंगो लागे फागुनभित्रै केन्द्रीय महाधिवेन गर्ने सकिने पौडेल पक्षको दाबी छ ।

सहमहामन्त्री महतका अनुसार दुई पक्षीबीच मुख्यतस् यही विषयमा मतभेद देखिएको छ । तर आजको बैठक नरोकिने महतको भनाइ छ । सहमतिबाट एजेण्डा तय नभए पनि पौडेल पक्षले बैठक बहिस्कारको नीति नलिएको बुझिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,