Connect with us
Kapilvast Forest

सार्वजनिक यातायात सेवा व्यवस्थित बनाइन्छ : राज्यमन्त्री मानन्धर

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं -शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शहरी क्षेत्रको सार्वजनिक यातायात सेवा व्यवस्थित पारिने बताउनु भएको छ । बालाजु तारकेश्वर यातायात प्रालिको साधारण सभामा बोल्दै मन्त्री मानन्धरले शहरलाई व्यवस्थित बनाउनका लागि सार्वजनिक यातायातको भूमिका महत्वपूर्ण हुने भएकाले व्यवस्थित रुपमा सञ्चालनका लागि सरकारले काम गरिरहेको बताउनु भएको हो ।

लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालकहरु समस्यामा परेको गुनासो आइरहेको र सरकारले व्यावसायीको समस्या समाधानका लागि पहल गरिरहेको उहाँको भनाइ छ ।

नेपालको यातायात सञ्चालन प्रणाली कमजोर रहेको बताउँदै मन्त्री मानन्धरले जनताले सहज रुपमा यात्रा गर्न पाउने गरी सुधार गर्न पनि यातायात व्यावसायीलाई आग्रह गर्नु भयो ।सरकार जनताको जीवन रक्षाका लागि हर तरहको प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले स्वास्थ्य सावधानीका मापदण्ड अनुसार सवारी सञ्चालन र यात्रा गर्न आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रमममा तारकेश्वर यातायात प्रालिका अध्यक्ष मिनबहादुर मानन्धर र सचिव परशुराम लामिछानेले सार्वजनिक यातायातको पुनरुत्थानका लागि विशेष प्याकेज आवश्यक रहेको बताउँदै यातायात व्यावसायीको मर्का बुझेर निर्णय गरिदिन सरकारलाई आग्रह गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,