Connect with us
Kapilvast Forest

बैतडी बस दुर्घटना अपडेट : मृतकमध्ये ७ जनाको सनाखत

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

बैतडी — बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पेमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये ७ जनाको सनाखत भएको छ । अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सनाखत हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, सोही ठाउँका करणसिंह ऐरी र कविन्द्र जोशी रहेको प्रहरीले जनाएको छ ।

यस्तै डिलाशैनी गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्कीको पनि सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ७ जना पुरुष र २ जना छन् । मृतकमध्ये १ जनाको उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु भएको र अन्यको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइते ३४ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको बुझिएको प्रहरीले बताएको छ । सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताउनु भयो । बसका चालक र सहचालक दुवै घाइते छन् । बसका ४० भन्दा बढी यात्रु सवार रहेका थिए ।

बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटना बिहीबार राति दुर्घटनामा परेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,