Connect with us
Kapilvast Forest

चीनले टिपताला नाका बन्द गर्दा स्थानीय समस्यामा

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

ताप्लेजुङ-कोभिड–१९का कारण देखाउदै चीनले तिपताला नाका बन्द गरे पनि सिमाक्षेत्रका स्थानीयबासी समस्यामा परेका छन् । चीनको तिब्बतसँग जोटिएको ताप्लेजुङको सीमाना टिपताला भञ्ज्याङबाट ओहोरदोहोर बन्द भएपछि ओलाङचुङगोलावासी समस्यामा परेका हुन् ।

चीनमा सङ्क्रमण फैलिएयता नाका हुँदै आउजाउ पूर्णरुपमा बन्द छ । खाद्यान्नलगायतका उपभोग्य वस्तुको किनमेलका लागि तिब्बतका बजारको भरमा रहेका यहाँका बासिन्दा लामो समयदेखि तिब्बत पुग्न पाएका छैनन् । यस क्षेत्रका सिमाबासी ताप्लेजुङका बजारसम्म आउन ५ दिनसम्म लाग्छ । चीनको रिउँ बजारमा खाद्यन्न लगायतका अत्यावस्यक सामाग्रीको भर पर्नु पर्ने भएकाले यहाँका स्थानीयले समस्या खेप्नु परेको हो । ताप्लेजुङको बजारबाट खाद्यन्न ढुवानी गर्दा खाद्यन्नको मुल्य भन्दा दोव्वर ढुवानी खर्च लाग्ने गर्छ ।

जेठदेखि भदौसम्म वर्षभर पुग्ने खाद्यान्नलगायतका सामग्री तिब्बतकै बजारबाट ढुवानी गर्ने गोलावासीले यो वर्ष महंगो भाडा तिरेर ताप्लेजुङ तर्फकै बजारबाट ढुवानी गर्न बाध्य छन् । मानिसलाई चाहिने सामाग्रीदेखि लिएर पशु चौपायाका लागि ढिके नुन र दानासमेत चीनबाटै ल्याउने गरिएको छ ।

हिमाली एक्लो बस्ती ओलाङचुङगोलाका बासिन्दालाई ताप्लेजुङको बजारबाट भन्दा चीनको तिब्बतबाट सामान ढुवानी गर्न सहज हुन्छ । ताप्लेजुङका बजार भन्दा नाका नजिकपर्ने र ढुवानीसमेत सस्तो हुने भएकाले उतैबाट आवश्यक सामानको जोहो गर्ने गरिएको वडाध्यक्ष छेतेन शेर्पाले बताए। यो वर्ष सङ्क्रमणका कारण तिब्बत आउजाउ नहुँदा समस्या भएको उनको भनाइ छ ।

नाका बन्द हुँदा ओलाङचुङगोलामा बुनिएका गलैँचासमेत घरैमा थन्किएका छन् । यहाँ उत्पादित गलैँचाको मूख्य बजार तिब्बत नै हो । यो वर्ष आउजाउ नहुँदा यहाँका बासिन्दाले बनेका गलैँचा घरैमा थन्किएका छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,